दाङमा आन्दोलन कडा बन्दै : जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, राष्ट्रिय सभा चुनाव हुन नदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 09:16:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा दाङवासीले आन्दोलन थप चर्काएका छन् । बुधबारदेखि सुरु भएको अनिश्चितकालिन जिल्ला बन्द आज पनि जारी छ ।  बन्दका कारण बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन्। पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

आन्दोलनको नेतृत्व गरिरहेको दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ। बुधबार राति बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घर/ घरमा कालो झण्डा  गाड्न आह्वान गरेको छ।

बैठकले अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ/ छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत बन्द सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

सरोकार समितिले आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने , राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलन गर्ने भएको छ ।

यता दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved