धनकुटा तनावग्रस्त, उप-प्रशासकको कार्यालयमा आगजनी, विभिन्न स्थानमा तोडफोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 09:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटावासीले आन्दोलन चर्काएका छन् । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । 

धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासनको कार्यालयमा आगजनी गरेका छन् ।  उनीहरुले बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । उप प्रशासक सवन्तराज दाहालक्वार्टरमा माथि बसिरहेकोबेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रहरीले उनको सकुशल उद्धार गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ । आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

त्यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका छन्। प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका छन्।

प्रदर्शनकारी र प्रहरी बीच विभिन्न स्थानमा झडप समेत भएको छ । भिडलाई नियंत्रणमा लिन प्रहरीले लाठीचार्ज तथा अश्रुग्यास प्रहार गरेको छ । झडपमा १ जना गम्भीर घाइते भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved