प्रदेश प्रमुखमा सहमति छैन, उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौ : ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 11:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष ओलीले प्रदेश प्रमुख र राजधानी छनोटमा सत्तारुढ दलले आफ्नो दलीय स्वार्थ हरेको आरोप लगाएका छन् । ओलीले सरकारले बुधबार गरेको प्रदेश प्रमुख र राजधानी छनोटमा आफ्नो पार्टीको सहमति नभएको पनि स्पष्ट पारेका छन।

उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए । 

अब बन्ने सरकारले अहिलेका प्रदेश प्रमुखहरु हटाउन सक्ने इंगित गर्दै उनले भने प्रदेश प्रमुख बारे उपयुक्त समयमा उपयुक्त निर्णय लिने पनि बताए । 

बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न उनी पुस २६ गते थाइल्याण्ड गएका थिए। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved