प्रधानमन्त्रीको पुत्ला जलाउनेक्रम डोटीमा झडप, क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाउने प्रयास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 01:29:53 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

डोटीमा प्रदेश राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै स्थानीयले प्रदर्शन सुरु गरेका थिए । 

क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका थिए । प्रदशर्नकारीले देउवाको जलिरहेको पुत्ला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लाठी चार्ज गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो लगाउन खोजेका थिए ।

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटावासीले सुरु गरेको आन्दोलन उग्र बन्दै गएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यु लागु गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved