प्रदेशसभामा निर्वाचित समानुपातिक उम्मेदवारहरुले भोली शुक्रबार बिजयी प्रमाणपत्र पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 02:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेशसभामा निर्वाचित समानुपातिक उम्मेदवारहरुलाई निर्वाचन आयोगले भोली शुक्रबार बिजयी प्रमाणपत्र दिने भएको छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा बिजयी भएका समानुपातिक उम्मेदवारहरुलाई शुक्रबार दिउँसो १ बजे आयोगमा प्रमाणपत्र दिने ब्यबस्था मिलाईएको आयोगले जानकारी दिएको छ ।

प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरुले यस अघि नै सम्बन्धित जिल्लाकै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण पत्र पाईसकेक छन्  । समानुपातिकतर्फका उम्मेदवारलाई भने आयोगले राजधानी मै बोलाएर प्रमाणपत्र वितरण गर्न लागेको हो  ।

संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

यो पनि : 

यी हुन् प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० उम्मेदवार (नामावलीसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved