कमल थापालाई झड्का, राप्रपाको जिल्ला कमिटी नै नेकपा एमालेमा विलय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 03:52:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कमल थापाले नेतृत्व गरेको राप्रपाको सल्यान जिल्ला कमिटी नेकपा (एमाले) मा विलय भएको छ ।

सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिए । 

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताए । 'राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौँ', सिंहले भने । 

एमालेमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले उनीहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गरिने जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved