११ बुँदामा सहमति जुटेपछि टुंगियो नर्सको आन्दोलन, निकालिएका नर्सहरुको पुनर्वहाली हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 06:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगत ९ दिनदेखि आन्दोलनमा उत्रेका नर्सहरुको आन्दोलन सहमतिमा टुंगिएको छ। आज बिहान करिब ११ बजेदेखि झन्डै ८ घण्टा चलेको वार्तामा सरकार र नर्सबीच ११ बुँदामा सहमति जुटेपछि नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन।

स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलि र नेपाल नर्सिङ संघका पदाधिकारीहरुबीच सहमति जुटेपछि हप्ता दिनदेखि जारि नर्सको आन्दोलन किनारा लागेको हो। 

११ बुंदे माग राखेर जारि भएको नर्सहरुको आन्दोलन ११ बुंदे सहमतिमा नै टुंगिएको हो। नर्सहरुको आन्दोलनको कार्यक्रमको प्रथामिकतामा रहेको पहिलो माग अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय सम्बोधन भएको छ। 

सहमति अनुसार निष्कासित दुई जना नर्स ३ महिनासम्मका लागि पुर्नवहाली हुनेछन र उनीहरुलाई साउन यताको तलबको ७५ प्रतिशत रकम उपलब्ध गराइनेछ। साथै अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको छ।




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved