भक्तपुरमा सवारी दुर्घटना, एकजनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 08:27:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरको सृजनानगरमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना भने घाइते भएका छन् । दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षिय रोशन कुमार बस्नेतको मृत्यु भएको हो । गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा भक्तपुर अस्पतालमा राती सवा ९ बजे मृत्यु भएको हो ।

गएराती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीमा पछाडीबाट गइरहेको बा ४४ प ५१५२ र बा ८५ प ७०४६ नम्बरको दुईवटा मोटरसाईकल ठोकिएका थिए । दुर्घटनामा ५१५२ नम्बरका चालक रोशन कुमार बस्नेतको मृत्यु भएको हो । दुर्घटना सोही मोटरसाईकलमा पछाडी सवार काभ्रे कोशीपारी-८ का केदार खनाल,७०४६ नम्बरका चालक दोलखाको शैलुङ्ग गाउपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते भएका हुन् । घाइते सवैको भक्तपुर अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा सग्लंन तीन वटै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved