सीमा क्षेत्रमा ३० बिघाभन्दा बढी जमिन मिचिएकोबारे बोल्यो विवेकशील साझा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 10:54:25 AM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशील साझा पार्टीले नेपाल भारत सीमामा रहेका सीमास्तम्भ राख्ने क्रममा नेपाल तर्फका नागरिकको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्ने सम्बन्धमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।


हालै नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको खबर सार्बजनिक भएको थियो ।


विवेकशील साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगति बारे समस्त देशवासीलाई जानकारी नेपाल सरकारसंग माग गरेको छ l


पार्टी प्रबक्ता रमेश पौड्यालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ 'सीमाना मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर नआएका होइनन् र त्यसबारे नेपालका सीमाविद्हरूले गम्भिर चिन्ता व्यक्त गर्दै आएका पनि छन्। देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ रहोस् भनि हामी अनुरोध गर्न चहान्छौं।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved