युद्धकालका बम ग्रामीण सडकको बिचमा भेटियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 04:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दैनीकजसो २०० भन्दा बढी मानीसहरु सबारी साधनमै आवतजावत हुने स्याङ्गजाको मीर्दी केवरें ग्रामीण सडकको बिचमा शंकास्पद बस्तुदेखेपछी स्थानीय त्रसीत बने। 

भुपु सुबदार हिरा बहादुर श्रेत्रीले शंकासपद बस्तु हंसीयाको तिखो भागले छिचोलेपछी ३६ ह्याण्डको ग्रिनेटहो भन्ने निष्कर्ष निकाले र वडा प्रहरी कार्यालयलाई खबर गरे । 

देशमा माओबादी सशस्त्र बिद्रोह चलीरहेको बेला लुकाईएका बम स्याङजाको वालिङ न.पा वडा नं ६ , थाप्डाँडाको ग्रामीण सडकखण्डमा फेला परेको निष्कर्ष प्रहरीले निकाले  । ग्रामीण सडकको बिचमा माटोसंग गडेको अबस्थामा सो बम फेला परेको थियो । 

३६ ह्याण्डको ग्रिनेट बम सडकको बिचमा जनयुद्धकालदेखी रहेको प्रहरीको भनाई छ । वालिङबाट गएको प्रहरी , सशस्त्र र स्याङजाबाट खटिएको आर्मीटोलीले सो बम निष्कृय गर्न असहज भएपछी पोखराको कालीभञ्याङ गुल्मबाट खटीएका आर्मीको पहलमा बम निष्कृय गरीएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved