ओली–दाहालवीच वान–टु–वान भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 04:38:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बसेको छलफल सम्पन्न भएको छ। वाम गठबन्धनका प्रमुख नेताद्धय ओली र दाहालबीचको वान–टु–वान भेटवार्तामा मुख्य गरी तीनवटा विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

दुई दलीय कार्यदलले तयार पारेको राष्ट्रिसभा निर्वाचन सिट वाडँफाँड, प्रदेशसभा गठन र प्रदेश सरकार गठनमा पद वाँडफाड लगायतका विषयमा तयार पारेको प्रतिवेदनमा छलफल भएको थियो।  

त्यस्तै पार्टीको सिद्धान्त र संगठनको बारेमा पनि कसरी जाने भन्नेबारे उनीहरुवीच सहमति भएको एक नेताले जानकारी दिए। पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । 

बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुवै दलका अध्यक्षले आईतबार अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका हुन् । आइतबार ३ बजे बस्ने बैठकले पार्टी एकताको ठोस एजेन्डालाई अन्तिम रुप दिने गरी आवश्यक तयारी गरिएको एक नेताले जानकारी दिएका छन।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved