प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर, कोहि कुर्दै, कोहि उड्दै (फोटो फिचर)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 09:19:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश सभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत ल्याइएको छ। यसै क्रममा ६ नम्बर प्रदेशका ४० सांसद मध्ये काठमाडौँमा रहेका २७ जनालाई आइतबार सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ। 

शनिबार दिनभर र हवाई उडान अवरोध हुँदा उनीहरू काठमाडौँमै रहेका थिए।  आइतबार बिहान ११ बजे उनीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेकाले हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुग्न सम्भव नभएपछि सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।

सात प्रदेश सभाका ५५० जना सदस्यले आज आइतबार सपथ लिँदै छन्।विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सर्खेत र धनगढीमा प्रदेश सभा सदस्यको सपथको तयारी चलिरहेको छ।

बिहान ११ बजे सपथ हुने भनिए पनि कतिपय ठाउँमा अझै प्रदेश सभा सदस्यहरु उपस्थित हुन सकेका छैनन् भने केही प्रदेश प्रमुख पनि प्रदेश मुकाम जाँदै छन्।

प्रदेश १ का सांसदको सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हँदै छ। त्यस्तै दुई नम्बर प्रदेशका सांसदले जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सपथ लिँदै छन्। 

प्रदेश ३ का प्रदेश सांसदको सपथ हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा हुने छ। प्रदेश ४ का प्रदेश सभा सदस्यको सपथ नगर विकास प्रशिक्षण केन्द्रको हलमा हुनेछ भने प्रदेश ५ का प्रदेश सांसदको सपथ बुटवलस्थित उद्योग वाणिज्य संघको सभा हलमा हुँदैछ। 

सबै प्रदेशमा सभाका जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ खुवाउने र त्यसपछि जेष्ठ सदस्यले बाँकी सदस्यलाई सपथ खुवाउने छन्। कतिपय स्थानमा प्रदेश प्रमुख नै तोकिएको समय भन्दा ढिला गरि प्रदेश मुकाम जाँदै छन्। 

 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved