एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको प्रहरी टोली रित्तै फर्किएको छ । सिलवाललाई खोज्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहान डिएसपी नहकुल पोखरेलको कमाण्डमा १५० जनाको प्रहरी फौज भट्टेडाँडा पठाएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले थप १५ जनाको सपोर्ट फोर्स पठाएपछि १६५ जनाको टोलीले सिलवालको खोजि गरेको थियो ।
सिलवाल त्यहाँ फेला नपरेपछि टोली फर्किएको छ । सिलवालले केहि दिन अघि एक अनलाईनलाई अन्तर्वार्ता दिँदा आफु भट्टेडाँडामा प्रहरीहरुसँगै रहेको बताएका थिए । सोहिको आधारमा प्रहरीले आज उनलाई खोजि गरेको हो ।
कार्यसम्पादन मुल्यांकन किर्ते गरेको आरोपमा प्रहरीले सिलवाललाई छानविनको खोजि गरिरहेको हो ।