प्रदेश २ मा चार भाषामा सपथ (भिडियाे)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 12:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन। प्रदेश मुकाम जनकपुर स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले सपथ ग्रहण गरेका हुन्।

ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका थिए। त्यसपछि उनले प्रदेशसभाका अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

प्रदेश २ का सांसदहरुले चार भाषामा सपथ ग्रहण गरे। चौधरीले नेपाली भाषमा सपथ ग्रहण गरेपनि अन्य सदस्यहरूले नेपालीमा नलिने भन्दै हिन्दी र मैथली र भोजपुरीमा सपथ ग्रहण गरेका थिए।  

जेष्ठ सदस्य चौधरीसँगै २४ जनाले नेपालीमा, राजपाका सांसद रामनरेश राय यादवलगायत ११ जनाले  हिन्दीमा, रौतहटका प्रदेशसमा सदस्य योगेन्द्र यादवलगायत २५ जनाले भोजपुरीमा र महोत्तरीकी प्रदेशसभा सदस्य अल्का झालगायत ४७ जनाले मैथली भाषामा सपथ ग्रहण गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved