१०७ राजनीतिक दलले आयव्यय विवरण बुझाए, नबुझाउनेलाई के हुन्छ कारबाही ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 12:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।

साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिए  । उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलले आयव्यय विवरण बुझाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव शुरु भएको छ महिनाभित्र आयोगमा आयव्यय विवरण बुझाउनुपर्ने उल्लेख छ । आयोगमा १३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो संख्या १२५ पुगेको छ । तिमिल्सेनाले माघभित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई रु १० हजार जरिवाना गरिने जानकारी दिए  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved