गर्भवती उपप्रमुखलाई बचाउन ५ लाखमा हेलिकोप्टर चार्टर, शिशुको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 05:08:31 PM मा प्रकाशित

laxmi  sunrise bank

डोल्पाको मुड्केचुला गाउँपालिकाकी उपप्रमुख सबिता रोकायाको उद्दार गरिएको छ। गर्भवती रहेकी रोकायालाई उच्च रक्तश्राव भएपछि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएको हो।

चिकित्सकले माघ २७ गते सुत्केरी हुने मिति दिए पनि केहि साता अघि नै अत्यधिक रगत बगेपछि ५ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि पोखरा लगिएको आफन्त योगेन्द्र बूढाले जानकारी दिए ।

उच्चरक्तश्रावले गर्भवती आमा र गर्भको बच्चाको ज्यान जोखिम हुने खतरा बढेपछि तत्तकाल उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ अस्पतालले आमाको त ज्यान बचायो, शिशुलाई भने जोगाउन नसकिएको बूढाले बताए ।

भरपर्दो स्वास्थ्य संस्थाको अभावमा उपचारको विकल्प नहुदा डोल्पका महिलाले हरेक वर्ष सुरक्षित प्रसुति अभावमा ज्यान गुमाउनु परेको छ । शिशुको ज्यान गए पनि उपप्रमुख सबिता रोकायाको स्वास्थ्य अवस्था राम्रो रहेको पनि परिवार स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved