प्रचण्डलाई उत्तर कोरियाको निम्तो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 05:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गरेका छन् ।माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आयतबार भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा संविधान कार्यान्वयनमा दल मिलेर सफलता हासिल गरेको जानकारी दिए ।

वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई राजदूतले बधाई दिएका थिए । राजदूत किमले आगामी सेप्टेम्बरमा हुने कोरियाली कम्युनिष्ट पार्टीको ७०औँ पार्टी स्थापना दिवसमा आतिथ्यका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका छन् । जवाफमा अध्यक्ष प्रचण्डले कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल उपस्थित हुने जानकारी दिए ।

राजदूत किमले कोरियाली प्रायद्वीपका जनता राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा अध्यक्ष प्रचण्डको नेतृत्वमा चलेको जनयुद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुशी व्यक्त गरे । रासस


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved