कलैया सिटी जेसीजद्धारा मुशहर टोलमा न्यानो कपडा वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 08:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कलैया सिटी जेसिजले कलैया उपमहानगरपालिकाको वडा नं. ३ को मुशहर बस्तिमा न्यानो कपडा वितरण गरेको छ ।  शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रवीन्द्र कुमार साहको अध्यक्षतामा उक्त कार्यक्रममा १० परिवारलाई स्वीटर, ज्याकेट, कम्बल, साडी लगायतको न्यायो कपडा सेट रु ३ हजारको दरले वितरण गरिएको हो । 

तराईमा करिब एक महिनादेखि चलेको शीतलहर प्रकोपमा कुनै पनि निकायबाट यस समुदायमा सहयोग नपुगेका अवस्थामा कलैया सिटी जेसिज, शहरी गरिबी निवारण मञ्चका युवाहरुको ब्यक्ति प्रयास र पहलले ती मुशहर परिवारलाई न्यायो कपडा वितरण गरिएको थियो । 

कलैया सिटी जेसिज २०१८ को कार्यसमितिको पहिलो कार्य मानवता सेवाबाट शुरु गरिएको जेसिजका अध्यक्ष जेसी धनीलाल साह सोनारले बताउदै भने यस वर्ष नेतृत्व विकास, समाजिक तथा युवा सशक्तिकरण, व्यवसाय प्रबद्र्धन, खेलकुद विकास, सरसफाई, लगायत विभिन्न गतिविधिहरु कलैया सिटी जेसीजद्धारा संचालन गरिने समेत बताए।

प्रमुख अतिथिको रुपमा रहेका कलैया उपमहानगरपालिकाको वडा नं. ३ का वडाअध्यक्ष जलाउदिन मंसुरीले नगरपालिकाले गर्नुपर्ने कार्यलाई जेसीजले गरेकोमा धन्यवाद दिँदै अगामी दिनहरुमा नगरपालिकाले कलैया सिटी जेसीजसँग समन्वय तथा सहकार्य गरि विभिन्न समाजिक कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष एवं हिमराईट्सका संयोजक जेसी ओमप्रकाश गिरि, जेसी अनिल कुमार गुप्ता, जेसी बैजु दास, जेसीका मेडिया कोअडिनेटर जेसी श्रवण प्रसाद साह, लुमन्ति संस्थाका कार्यक्रम संयोजक अब्दुल कैश लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सुर्यराज पासवानले गरे। 



  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved