अमेरिकी सरकार सट डाउनको असर काठमाडौँसम्म, यी सेवा भए ठप्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 10:25:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सरकार सटडाउन अर्थात् ठप्प भएपछि त्यसको असर नेपालसम्म पनि देखिएको छ । अमेरिकाको तल्लो सदनले बजेट पास गरे पनि माथिल्लो सदनबाट पास हुन सकेको छैन । बजेट पास हुन्ब नसक्दा अमेरिकी सरकारका कैयौ काम काज प्रभावित भएका छन् । बजेट अभावका कारण अन्य देशहरुमा यसको प्रभाव परेको छ ।

यसको मारमा काठमाडौंस्थित अमेरिकी दूतावास पनि परेको छ । दुतावासले रकम अभावको कारण आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमा कुनै पनि अपडेट तथा जानकारी गराउन नसक्ने बताएको छ   । त्यस्तै काठमाडौंस्थित केन्द्रीय पुस्तकालय पनि बन्द भएको छ । अर्को सूचना नभएसम्म पुस्तकालय बन्द भएको हो ।  भिसा र पासपोर्ट प्रोसेसिङका कामहरु भने जारी छ ।

ट्रम्प प्रशासनले प्रवासीहरुलाई अमेरिकामा बस्न नदिने घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा सिनेटरहरु बिभाजित छन् । सोही विवादको असर बजेटमा पनि परेको बताइन्छ । गत शनिबार भएको मतदानमा बजेटको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । जबकी बजेट पारित हुन ६० मत आवश्यक थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved