सकियो माओवादी केन्द्रको बैठक,राष्ट्रियसभाका उम्मेद्वार टुङ्गाउने जिम्मा शीर्ष ३ नेतालाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 05:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने बसेको माओवादी केन्द्रका शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने अधिकार शीर्ष तीन नेतालाई प्रदान गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले नामावलीलाई अन्तिम रुप दिने अधिकार पार्टी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई प्रदान गरेको हो । माओवादी केन्द्रको भागमा बाँडफाँड गरिएका १४ उम्मेद्वारहरुको नाम मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले टुङ्गाउने छ ।

सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका छन। मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गर्ने बैठकले निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved