भारतले मिचेको सीमा क्षेत्रमा गाडियो नेपालको झण्डा, सीमास्तम्भ हटाउन सर्बोच्चमा रिट दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 01:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले सीमा मिचेको भनिएको स्थानमा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया पुगेर वाईसीएलले नेपालको झन्डा गाडेको हो ।  

त्यस स्थानमा भारतले करिब ५० बिगा जग्गा मिचेको स्थानीयले बताउदै आएका छन्  । तर सरकारले भने जग्गा नमिचिएको दाबी गरेको छ  ।  

यता ति क्षेत्रमा सिमा स्तम्भ राख्दानेपाली जमिन मिचिएको भन्दै स्तम्भ राख्ने काम तत्काल रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको छ । अधिबक्ता न्यौपानेले सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved