राजपा नेता भन्छन 'राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 02:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाएका छन्  । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘राज्यस्तरको सम्बन्ध भन्दापनि आपसी सम्बन्ध, खासगरी जनस्तरको सम्बन्ध जो छ, यो अति विशिष्ट छ, रगतस्तरको सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ।’ उनले २२ लाख नेपाली चेलीहरु भारतीयसँग र २६ लाख भारतीय चेलीहरु नेपालीसँग वैवाहिक सम्बन्धमा बाँधिएको समेत जनाए ।

यद्धपी नेता सुमनले स्वाभिमानको नाममा र राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने काम भैरहेको भन्दै त्यसमा दुःख व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्ध दुई देशीय सम्बन्ध भन्दापनि जनस्तरको सम्बन्ध भएकोले अन्योन्याश्रित सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने,‘त्यसैले राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अब अन्त्य गर्नुपर्छ।’

आजको भारत आर्थिक विकासको दृष्टिकोणले द्रुततर गतिमा समृद्धिको यात्रामा लम्किरहेकोले नेपालले पनि भारतबाट सोही अनुसारको आर्थिक लाभ लिन सक्नुपर्नेमा नेता सुमनले जोड दिए ।

उनले आगामी दिनमा पनि अहिलेजस्त्तै अटुट सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै ६९ औं भारतीय गणतन्त्र दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेपाल–भारत सम्बन्ध अति सुमधुर रहेकोल आगामी दिनमा आर्थिक कुटनीतिलाई बढावा दिँदै समृद्धिको लक्ष्य हाँसिल गर्नतिर अब बन्ने सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved