राष्ट्रिय सभा निर्वाचनको लागि आज मनोनयन दर्ता हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 08:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आज मनोनयन दर्ता हुदै छ  । निर्वाचन आयोगले  सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने सबै तयारी आयोगले मिलाएको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर, दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका÷ नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ ।

यसैगरी, अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका÷नगरपालिका तथा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ ।

उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ । त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्ने छ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान यही माघ २४ गते बुधबारको दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved