सरकारले सार्बजनिक गर्यो १९० जना शहिदको सुची, कहिलेदेखिका हुन् भन्ने बारे सरकार नै अनाबिज्ञ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 12:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १९० जना शहिदहरुको सुची प्रकाशन गरेको छ ।  गृह मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४/१०/०३ गतेको निर्णयानुसार स्व. महेशकुमार कोइराला समेत गरी १९० जना शहिदहरुको नामावली सवैको जानकारीको लागि प्रकाशन गरेको जनाएको छ । 

तर यी सुचीमा रहेकाहरु शहिदहरु कहिलेदेखि कहिलेसम्म का हुन् बारे सरकार आफै जानकार नै छैन ।  गृह मन्त्रालयका प्रबक्ता नारायण प्रसाद शर्मा दुवाडी भन्छन् 'प्रस्ताव मन्त्रिपरिषद्मा लागिएको हो, त्यहि अनुसार शहिद घोषणा गरिएको हो , प्रस्तावमा अवधि तोकिएको छैन, कहिलेसम्मको हो भनेर थाहा हुदैन ' । उनले यिनीहरु विभिन्न आन्दोलनमा परेका शहिद भएको र यसको अभिलेख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राख्ने भन्दै आफुलाई जानकारी नभएको बताए । 

यो जानकारी मन्त्रिपरिषद्को कार्यालयमा नरहेको बुझिएको छ ।  मन्त्रिपरिषद् कार्यालयका एक शाखा अधिकृतले गृह मन्त्रालयबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको र प्रस्ताव सहित पुन मन्त्रालयमा मै पठाईएको र यसको जानकारी मन्त्रिपरिषद्को कार्यालयमा नहुने बताए । 

यी हुन् सरकारले सार्बजनिक गरेका १९० जना शहिद । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved