राष्ट्रिय सभा निर्वाचनमा विवेकशील साझा पार्टीले कांग्रेस उम्मेदवारलाई मतदान गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 12:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आसन्न राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टी र नयाँ शक्ति नेपालले नेपाली कांग्रेसलाई सघाउने भएको छ l विवेकशीलले यस अघि नै राष्टियसभामा राष्ट्रले गर्व गर्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा सार्बजनिक गरेको थियो l


सोहि अनुसार विवेकशिलले कांग्रेसले ३ नं. प्रदेशको खुला तर्फबाट उम्मेदवार बनाएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी मतदान गर्ने भएको छ l प्रदेश ३ बाट राष्ट्रियसभामा कम्तिमा एक स्थान जित्न २३९२ मतभार आवश्यक पर्दछ । तर विवेकशील साझा पार्टीको जम्मा मतभार १४४ रहेको छ l


पार्टीले जारि गरेको बिज्ञप्तिमा भनिएको छ 'राष्ट्रियसभा जस्तो गरिमामय संस्थालाई पार्टीका नेता र कार्यकर्ताको भागवण्डा गर्ने थलो बनाइएको परिप्रेक्षमा तुलनात्मक रुपमा राधेश्याम अधिकारी जस्तो व्यक्तित्वलाई नेपाली कांग्रेसको उमेदवार बनाउने निर्णयलाई सकारात्मक रूपमा लिंदै विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छ l'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved