मनमोहन सरकारको निर्णय उल्ट्याउदै देउवा सरकारले गर्यो राज्यको 'ढुकुटी रित्याउने' यस्तो निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 05:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ६५ बर्ष उमेर पुगेकालाई बृद्धभत्ता दिने निर्णय गरेको छ। बुधबार साँझ अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले मनमोहन सरकारको ७० वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने निर्णय उल्ट्याउदै ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई बृद्धभत्ता दिने निर्णय गरेको हो। 

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नेपालमा बृद्धभत्ता दिने निर्णय गरेका हुन। तर सरकारी ढुकुटी छिट्टै रित्य्याउने गरि देउवा सरकारले भने ६५ वर्षको उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो ।

त्यस्तै  बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प तथा बाढीपिडितहरुलाई दिंदै आएको रकममा एक लाख थप गर्ने निर्णय गरेको छ। यसअघि भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरिएको थियो। साथै सरकारले सामाजिक परिचालकको वृद्धि बिकासका लागि रकम वृद्धि गर्ने  निर्णय गरेको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved