सातवटै प्रदेशमा प्रमुख सचिव तोकिए (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 09:02:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

जस अनुसार प्रदेश १ मा कामु सचिव यादव कोइरालालाई कामु प्रमुखसचिवको रुपमा खटाईएको छ । प्रदेश २ मा धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई  खटाइएको छ ।

त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव तोकिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved