सिमा रक्षक कोईरी सम्मानित्, सिमा विवाद हल गर्न पहल गर्नुपर्नेमा जोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 01:50:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमाविद् बुद्धिनाराणय श्रेष्ठले नेपाल–भारतबीचको खुल्ला सिमानालाई व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गरेका छन् । सोमबार राजधानीमा राष्ट्रिय बेरोजगार यूवा संरक्षण मञ्चले सिमारक्षक राजेश कोईरीलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिमाविद् श्रेष्ठले देशको सिमाना निक्कै संवेदनशील भएकोले समयमै उचित पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,‘नेपालभन्दा २२ गुणा ठुलो भारतलाई नेपालको आधा रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने त्यस्तो अपुग छ जस्तो मलाई लाग्दैन, त्यसैले भारतले नेपाललाई गिद्धे नजरले हेरिरहेको छ, यसरी दिनप्रतिदिन सिमा खु्म्चिँदै जाने हो भने कुनैबेला नेपालको नक्सा खोज्नुपर्ने हुनसक्छ।’ उनले दुई देशवीच देखिएका सबै खाले सिमा विवाद र समस्याहरुलाई दुवै देशको माथिल्लो निकाय बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा हाल जापानमा बसोवास गर्दै आएकी व्यवसायी एवम् समाजसेवी भावना पाण्डेले सिमानाको रक्षा गर्ने काम सबै नागरिकबाट हुनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘देशको माया, सिमानाको माया सिमानामा बस्ने र विदेशमा बस्ने हामीजस्ता नेपालीहरुलाई थाहा हुन्छ, देश कति दुख्छ भनेर हामीलाई सोधे हुन्छ, हाम्रो सिमाना मिचिएको खबरले हामी संसारको जुन कुनामा बसेतापनि छुन्छ, हामी त्यो बेलामा आक्रोशित हुन्छौँ ।’

त्यस्तै उक्त कार्यक्रममा सुस्तामा सिमा रक्षार्थ विगत ४० वर्षदेखि सिमा रक्षक रोजश कोईरीले पहिलोपटक आफू सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘सिमानाको रक्षामा मैले धेरै दुःख पाएको छु, हाम्रो समाजले धेरै दःुख पाएको छ, पारिबाट गोली चलाउँछ, हाम्रो सुरक्षाकर्मीले हेरेर बस्छ, हामीले भारतको दादागिरीलाई स्विकार गर्न सक्दैनौ, हाम्रो समस्या राज्यले पनि बुझ्दैन, सिमाना रक्षाको लागि म मात्रै होईन सिमानामा बस्ने नेपाल रगत बगाउन तयार छाँै।’

राष्ट्रिय बेरोजगार यूवा संरक्षण मञ्चका अध्यक्ष माधव भण्डारीले पनि सिमा विवादबारे आफ्नो धारणा राखेका थिए । उनले भने,‘सिमा विवादलाई समधान गर्नको लागि हामी सरकारलाई आग्रह गर्छौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved