जाँदाजाँदै धमाधम सहिद घोषणा गर्दै देउवा सरकार, आज फेरी थपिए ६ सहिद (नाम सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 06:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले थप ६ जनालाई सहिद घोषणा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०५८ देखि ६० सालसम्म मारिएकालाई समावेश गरि ६ जनालाई शहिद घोषणा गरेको हो। 

स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गरिएको छ ।

यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले २०७२ जेठ २३ को बाँदरमुडे घटनामा मारिएका ३८ जनालाई शहिद घोषणा गरेको थियो। सरकारले दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved