कांग्रेस नेताहरुले बानेश्वरमा सर्बसाधारणको जुत्ता पालिस गरेर कमाए ३० हजार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 01:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बिहान शहिद दिवसको अवसरमा बानेश्वरको सडकमा अनौठो दृश्य देखियो। कांग्रेस केन्द्रिय नेताहरु सडक छेउमा लहरै बसेर सर्वसाधारणका जुत्ता पालिस गरिरहेका थिए । सुरुमा उनीहरुलाई देखेर मानिसहरु अलमलिए । तर पछि मानिसहरु जुत्ता पालिस गराउन आए ।

कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले उत्क कार्यक्रम आयोजना गरेको हो  । जुत्ता पालिस गर्न चाहिने सबै सामान प्रतिष्ठानले नै व्यवस्था गरेको थियो। कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए। जुत्ता पालिस गरेको उनीहरुले कुनै मूल्य तोकेका थिएनन्  । मानिसहरुले आफु खुसि पैसा दिए  । पूर्वराज्यमन्त्री एंव कांग्रेस नेता राजेन्द्र खरेलले जुत्ता पालिस गरेवापत् पाँच हजार रूपैयाँ दिए। कसैले १०० दिए कसैले हजार पनि दिए । केहि घण्टा मै उनीहरुले ३० हजार कमाए  । 

नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने  अभियान अन्तर्गत यो कार्यक्रम गरिएको नेता गुरुङले बताए ।  उनले राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य  गर्दै  किसुनजीको  सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेको र यसले श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको जानकारी दिए ।    

 जम्मा भएको पैसा प्रतिष्ठानको कोषमा जम्मा हुने गुरुङले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved