वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 02:09:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ । 

सरकारले माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो । 

विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताउनुभयो । 

सरकारले गरेको निर्णय हामीलाई मन्त्रालयबाट कार्यान्वयन गर्न निर्देशन आउनुपर्छ, उहाँले भन्नुभयो, ‘निर्देशन आएपछि तेस्रो चौमासिकबाट मात्र वितरण सक्छौ । बस्नेतले भन्नुभयो, अनि चैतदेखि मात्र वितरण गर्न सक्छाै ।‍’

विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ । 

विसं २०५१ मा नेकपा (एमाले)को तत्कालीन सरकारले रू १०० वृद्ध भत्ता र विधवा भत्ताको व्यवस्था गरेकामा अहिले त्यसको दर बढाएर रू एक हजार पुर्‌याएको छ । -रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved