प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा सुरक्षा माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 09:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै डा. सुरेन्द्र भण्डारीले आफ्नो ज्यानको सुरक्षा माग गर्दै सिडिओ कार्यालय काठमाडौँमा निवेदन दिएका छन्  । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. भण्डारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार निवेदन दिएका हुन् ।

अधिबक्ता भण्डारीले प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४/९/२६ गते अन्दाजी ५.३० बजे धम्कि दिएको दाबी गरेका छन् । त्यस्तै   नागरिक दैनिकमा गत बिहीबार पराजुलीको बारे लेख प्रकाशित  भएपछि सोही दिन बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीले निवेदनमा भनेका छन् ।

त्यसैगरी माघ १६ गते २ बजे केही मानिसलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् । भण्डारीले आफ्नो निवेदनमा धम्कि आएको मोबाइलको नम्बर समेत पेश गरेका छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved