सोमबार पक्राऊ परेका अबैध डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 02:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं जिल्ला अदालतले सोमबार पक्राउ परेका अबैध डाक्टरहरुलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले पक्राउ परेका  १७ जनालाई  थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो।  

सिआइबी र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको थियो  । पक्राउ परेका उनीहरुमध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन्। विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलको नियम अनुसार अनुमति लिनुपर्छ। अनुमति नै नलिई बिरामीको परिक्षण गरेको पाइएकाले उनीहरुलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको हो।


राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved