आचार संहिता लागू रहेसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन निर्वाचन आयोगको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 03:45:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । आयोगले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि उक्त विवरण प्राप्त हुन नआएकाले यस विषयमा श्री मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । सो सम्बन्धी आयोगको निर्णय यसप्रकार छ ः 

‘‘आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि उक्त विवरण प्राप्त हुन नआएकाले यस विषयमा श्री मुख्य सचिवलाई आग्रह गर्ने र राष्ट्रिय सभा सदस्य निर्वाचन आचार संहिता लागू रहेको अवधिसम्म यस किसिमको रकम वितरण गर्ने प्रयोजनका लागि निकासा नगर्न नगराउन अर्थ मन्त्रालयलाई र यस किसिमको रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई लेखी पठाई सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराउने ।’’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved