फुलचोकी हिउँ खेल्न जाँदा हराएका बालक ६ दिनपछी भेटीए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 31, 2018 | 05:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

फुलचोकी हिउँ खेल्न जाँदा हराएका बालक छैटौं दिनमा सकुशल भेटिएका छन। थसिखेलस्थित अजय शिक्षा सदनका बिद्यार्थी जोन तामाङलाई नेपाल प्रहरीले हराएको छैटौं दिनमा सकुशल उद्वार गरेको हो। 

हराएका जोन तामाङ ललितपुरको बाँडेगाउँ स्थित सेतो कपराज भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ। सकुशल भेटिएका तामाङको  स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि अस्पताल लगिएको छ।

सुनसरी घर भएका तामाङ ५ कक्षामा पढ्दथे। ६ दिन अघि हिउँ परेपछि बिद्यालयबाटै उनी फुलचोकी गएका थिए। तर, हिउँ खेल्ने क्रममा हराएका थिए । हिउँ खेल्ने क्रममा चिप्लिएर खसेको हुनसक्ने आशंका गरिएको थियो।  

प्रहरीले स्कुलका प्रिन्सिपल तथा सँगै गएका अन्य बिद्यार्थीहरुमाथि समेत अनुसन्धान थालेको थियो। तामाङका परिवारले उनको खोजी गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved