बुद्धिष्ट सर्किट्स पर्यटनमा बिश्व बैंकले सघाउने, भारतलाई रवैया परिवर्तन गर्न सुझाब

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 31, 2018 | 06:28:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने भएको छ।  नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरुलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तब्यका रुपमा विकास र प्रबर्द्धन गर्न सघाउने बिश्व बैंकले प्रतिबद्धता जनाएको छ। 

विश्व बैंकले आफ्नो नयाँ दिल्लीस्थित कार्यालयमा मंगलबार सरोकारवालाहरुको बैठकको आयोजना गरेर बुद्धिष्ट सर्किट्स पर्यटनमा सघाउने जानकारी दिएको हो। 

बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबर्द्धन गर्दै आएका बिक्रम पाँडेकाजीले बैठकमा नेपालको प्रतिनिधित्व गर्दै बुद्धिष्ट सर्किट्स पर्यटन मार्गमा उपलब्ध सुविधाहरुका साथै अफ्ठ्याराहरु बारे सहभागी सबैलाई अवगत गराए। विश्व बैंकलाइ सरकार र बुद्धिष्ट सर्किट्समा आबद्ध ब्यबसायीबीच एउटा सेतुको रुपमा काम गरि त्याहाँ रहेका अफ्ठ्याराहरु सल्टाई भगवान बुद्धको जिबनसंग आबध्द ऐतिहासिक धरोहरहरुमा पर्यटकहरुको आवागमन सहज बनाउन आबश्यक भूमिका खेलिदिन पांडेकाजीले आग्रह गरे ।

भारतका सरोकारवालाहरुले आफ्नो देशका बौद्ध सम्पदाहरुमा पर्यटकिय गतिबिधि संचालन गर्दा आइपरेका अफ्ठ्याराहरु बारे बैठकलाइ जानकारी गराए । बुद्धिष्ट सर्किट्स पर्यटन गतिबिधि प्रति भारत सरकारको रवैया त्यति सन्तोषजनक नभएको भन्दै उनिहरुले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रबैया परिबर्तन हुनुपर्ने बताए । 

भारतको बिहार स्थीत नालन्दा विश्वबिद्यालयका प्राध्यापक डा रबिन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबर्द्धन र बिकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताए ।

बैठकका सहभागीहरुलाई आश्वस्त पार्दै विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामुलक पर्यटन विकासको बरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजि क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने बताईन् ।

लुम्बिनी विकास कोषका सद्भावना राजदुत समेत रहेका पांडेकाजीले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजि क्षेत्र र सरकारी संयन्त्रलाइ एकै ठाउँमा ल्याई बुद्धिष्ट सर्किट्स गन्तव्यहरुमा रहेका मानिसहरुलाई आर्थिक फाइदा हुने कार्यक्रम संचालन गर्ने अर्थपूर्ण र आध्यात्मिक प्रयासका लागि विश्व बैंकलाइ धन्यवाद दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved