सदरमुकाम सार्ने देउवा सरकारको निर्णय कार्यन्वयन नगर्न सर्बोच्च अदालतको आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 12:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णय कार्यन्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

 देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

जिल्ला सदरमुकाम सार्ने सरकारी निर्णयविरुद्ध एक सातादेखि रुकुमकोटमा आन्दोलन भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved