टेलिकमले ल्यायो नयाँ योजना, कुरा गर्दा गर्दै पैसा सकिए पनि फोन नकाटिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 10:15:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्ना प्रिपेड प्रयोगकर्ताको लागि नयाँ योजना सार्बजनिक गरेको छ । आफ्नो  १५ औं बार्षिकोत्सवका अवसर पारेर कम्पनीले मोबाइलमा सापटी योजना सुरु गरेको हो । यस योजना अनुसार ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिए ओअनी फोन काटिने छैन । अर्थात् कुरा गर्दा गर्दै टेलिकमले सापट दिने छ  

नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ। आज सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । आज सफ्ट लञ्च मात्र भएको र यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुने कम्पनीले जनाएको छ । यसरी उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । यो योजनामा कति रुपियाँसम्म सापटी पाइने भन्ने बारे कम्पनीले केहि खुलाएको   । 

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved