मोबाईलमा कुरा गर्न कुलमान घिसिङ र पुष्प दुलालले खर्चिए ठुलो रकम, टेलिकमले गर्यो सम्मान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 11:11:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले मोबाइल फोनमा कुरा गरेर सबै भन्दा धेरै रकम टेलिकमलाई भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरेको छ टेलिकमले आफ्नो १४ औ वार्षिकोत्सवको अवसरमा धेरै खर्च गर्ने व्यक्तिगत र संस्थापक ग्राहकहरुलाई सम्मान गरेको हो

जस अनुसार टेलिकमको पोष्टपेड सेवाग्राहीमध्ये सबैभन्दा धेरै रकम नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खर्च गरेका छन् । उनले गतवर्ष १ लाख ९७ हजार रुपैयाँ भन्दा बढि रकम मोबाइलमा कुरा गर्नको लागि खर्च गरेका छन् ।

त्यस्तै प्रिपेड सेवातर्फ सबैभन्दा बढी रकम खर्च गर्नेमा पत्रकार पुष्प दुलाल रहेका छन्। उनले १ बर्षको अवधिमा ६४ हजार रुपैयाँ खर्च गरेका छन्। दुलाल क्लिकमाण्डू डटकमका कार्यकारी सम्पादक हुन् । यस्तै, संस्थागततर्फ सूर्य नेपाल सबैभन्दा अगाडि देखिएको छ । सूर्य नेपालले नौ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ ।

 

कार्यक्रममा संचार मन्त्री मोहन बहादुर उनीहरुलाई सम्मान गरेका हुन्

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved