२०७५ का लागि १३ वटा पात्रो स्वीकृत (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 11:34:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए  । 

यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ । 

यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले बतए 

पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेश गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको समितिलाई कानूनी आधार दिने सम्बन्धमा छलफल भइरहेको बताउछन 

मन्त्रिपरिषद्ले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको नौ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन् । 

तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ । 

समितिले स्वीकृति दिएसँगै पञ्चाङ्ग प्रकाशनको क्रम पनि शुरु भएको छ । फागुन पहिलो सातासम्म १३ वटै पञ्चाङ्ग निस्किसक्नेछन् । विवाह, व्रतबन्ध, शिलान्यासलगायत साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved