टेलिकमको वार्षिक आम्दानी ४४ अर्ब ५९ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 04:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । 

कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२÷०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो । 

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३÷०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३÷०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ । 

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३÷०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ ।  यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताईन  । 

टेलिकमले आव २०७३÷०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved