कोरियाले नेपाललाई एक अर्ब दुई करोड अनुदान दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 11:16:09 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि रु एक अर्ब दुई करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । 

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे  । कोरियाली सहयोग नियोग (कोइका) र उक्त विश्वविद्यालयले संयुक्त रुपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् । 

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनाताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे   । 

सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा हार्दिक आभार व्यक्त गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए   । 

निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रुपमा स्थापित उक्त शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved