पशुपतिमा महाशिवरात्रिको तयारी शुरु, यस्ता छन् यस पटकका सुबिधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 02:06:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । 

आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिनुभयो । 

कोष सञ्चालक परिषद् सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । कोषले गत वर्षदेखि मूलसमिति गठन गर्न छोडेको छ । काम उपसमितिले नै गर्ने र मूलसमितिका नाममा पशुपति प्रवेशको पास मात्र वितरण हुन थालेपछि गठन नगरिएको उहाँले बताउनुभयो । 

कोषले शिवरात्रिमा दर्शनका लागि विशेष पास एवं सःशुल्क पासको व्यवस्था पनि खारेज गरेको छ । पशुपति क्षेत्रमा देश विदेशका साधु सन्त आउन थालेपछि सोमबारदेखि नै अन्नपूर्ण भण्डार, भागवतानन्द आश्रम र जम्मु काश्मीरबाट आउनुभएका मोहननाथ बाबाले संयुक्त रुपमा निःशुल्क भण्डाराको व्यवस्था गर्नुभएको कोषले जनाएको छ । 

गुठी संस्थान पशुपति गोश्वाराले फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिन माघ २८ गतेदेखि शिवरात्रिको पर्सिपल्ट अर्थात् फागुन कृष्ण औँसी फागुन ३ गते बिहीबारसम्म मेला भर्न आएका साधु सन्तलाई निःशुल्क भोजनको व्यवस्था गर्नेछ । 

फागुन कृष्ण दशमीका दिन राष्ट्रपति विद्यादेवी भणडारीले संकल्प गर्नुहुने दक्षिणा र उपहार दिएर फागुन कृष्ण औँसीका दिन साधु सन्तलाई बिदाइ गर्ने परम्परा छ । बिदाइमा नागाबाबालाई पेडा र दक्षिणा एवं अन्य साधु सन्तलाई खिचडी तथा दक्षिणा दिइने संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिनुभयो । 

एकादशीकै दिनदेखि संस्थानले साधु सन्तलाई आगो ताप्न दाउरा वितरण गर्ने तयारी गरेको छ । शिवरात्रीमा वितरण गर्न ४५ हजार केजी दाउरा किनिएको संस्थानले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved