‘ठमेल हत्याकाण्ड’का अभियुक्त मुखियालाई नेपाल ल्याइयो, सुपुर्दगी सम्बन्धि पहिलो घटना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 04:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको ठमेलस्थित ‘जुली स्टुडियो ५४ डिस्को’मा बानेश्वरका सुवर्ण गुरुङको हत्या गरी फरार रहेका मुखिया गुरुङलाई १६ वर्षपछि भारतमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

प्रहरीको आँखा छली मकाउ पुगेका मुखियालाई करिब २ महिनाअघि नेपाल आएर भारत हुँदै मकाउ जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको थियो । 

मुखियालाई नेपाल प्रहरीको इन्टरपोलले खोजी सूचीमा राखेको थियो, त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेर नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

लामो समयसम्म प्रहरीको आँखा छली बसेका मुखियालाई २०१७ नोभेम्बरमा प्रहरीले इन्टरपोलमार्फत् रेडकर्नर नोटीसमा राखेको र उनी भारतको जयपुर विमानस्थल हुँदै बैकक जान लागेका बेला पक्राउ गरेको इन्टरपोल नेपालकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन। प्रहरीका अनुसार भारत र नेपालबीच औपचारिक सुपुर्दगी गरेर अभियुक्त नेपाल ल्याएको यो पहिलो घटना हो । 

२०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित डिस्कोमा मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पालगायतको समूहबाट सुवर्णको हत्या भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved