राष्ट्रियसभाका तीन सदस्य सिफारिस गर्ने अधिकार देउवालाई, चर्चामा ३ नाम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 07:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रियसमाभा मनोनित हुने तीन सदस्यका बारेमा निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई शेर बहादुर देउवालाई दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिएको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यस सम्बन्धि निर्णय शनिबारसम्म बाहिर आउने बताए। राष्ट्रियसभा सदस्यका लागि कांग्रेस मुख्यसचि कृष्णप्रसाद पौडेल, कांग्रेसका पुराना नेता गोपाल बस्नेत र चाँदनी जोशीको नाम चर्चामा छ ।

तर, एमालेले भने तीन सदस्य सिफारिस गर्ने अधिकार नयाँ सरकारलाई हुने बताउँदै आएको छ । यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved