प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, संयुक्त सरकार बनाउन फोरम र राजपाबीच ९ बुंदे सहमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 10, 2018 | 04:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को मुख्यमन्त्री पाउने निश्चित भएको छ। प्रदेश २ मा फोरम र राजपाबीच संयुक्त सरकार बनाउने सहमति भएसंगै मुख्यमन्त्रीको पद फोरमको पोल्टामा पुगेको हो। 

फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डाको बिषयमा कुरा मिलेको हो। दुवै दलको सहमति अनुसार सहमति २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय लिनेछ ।

फोरमले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।त्यस्तै राजपाले सभामुख सहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ।

फोरमले यस अघि नै संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ। आज भएको सहमतिसंगै रावत अब मुख्यमन्त्री हुनेछन। राजपाले मुख्यमन्त्रीमा आलोपालो गर्नु पर्ने, नभए सभामुखसहित प्रमुख मन्त्रालयहरु आफूले पाउनु पर्ने माग राख्दै आएकोमा आज दुवै दलबीच सहमति जुटेको हो।

एक मात्र मधेसी बाहुल प्रदेश नम्बर दुईमा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये मधेसी गठबन्धन (संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टी १५) ले ३५ सिटमा विजयी हासिल गरेका छन् । वाम गठबन्धनले (एमाले १२ र माओवादी केन्द्र ७) १९, कांग्रेसले ९ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेश २ मा ७३ समानुपातिक सिट छ । समानुपातिकसहित फोरमको २९ र राजपाले २५ सांसद पाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved