मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने पक्का

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 10, 2018 | 05:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लालबाबु राउत गद्दी प्रदेश २ को मुख्यमन्त्री बन्ने पक्का भएको छ। संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डामा सहमति जुटेसंगै राउत मुख्यमन्त्री बन्ने निश्चित भएको हो।

प्रदेश २ मा फोरम र राजपाबीच संयुक्त सरकार बनाउने सहमति भएसंगै मुख्यमन्त्रीको पद फोरमको पोल्टामा पुगेको हो। जस कारण फोरमले यस अघि नै संसदीय दलको नेतामा चयन गरेका लालबाबु राउत मुख्यमन्त्रि बन्ने पक्का भएको हो।

संसदीय दलको बैठकमा संसदीय दलको नेतामा ७ जनाले दावी गरेपनि पछि  ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएर लालबाबु राउतलाई सर्वसम्मतबाट नै संसदीय दलको नेतामा चयन गरिएको हो। 

प्रदेशसभा सांसद राउत विरगञ्जका स्थायी बासिन्दा हुन। गएको प्रदेशसभा चुनावमा उनले संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ को ख बाट आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार सर्राफलाई झण्डै ३ हजार मतले पराजित गर्दै विजयी भएका हुन।

राउत समाजवादी फोरमका पूर्व समानुपतिक सांसद र पार्टीका उपाध्यक्ष समेत हुन। उनको जन्म पर्सा जिल्लाको साविक जगरनाथपुर ३ मा वि.स. २०२३ साल असार १५ गते भएको थियो ।

एक मात्र मधेसी बाहुल प्रदेश नम्बर दुईमा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये मधेसी गठबन्धन (संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टी १५) ले ३५ सिटमा विजयी हासिल गरेका छन् । 

वाम गठबन्धनले (एमाले १२ र माओवादी केन्द्र ७) १९, कांग्रेसले ९ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेश २ मा ७३ समानुपातिक सिट छ । समानुपातिकसहित फोरमको २९ र राजपाले २५ सांसद पाएको छ ।

प्रदेश नं. २ मा १ सय ७ सांसद छन् । यहाँ बहुमतको सरकार बनाउन ५४ सांसद हुनुपर्छ । जसमध्ये फोरम  र राजपाको बहुमत पुग्छ । फोरमको २९ र राजपाको २५ सांसद गरी ५४ सांसद हुन्छन।  

फोरम र राजपाबीच प्रदेश अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।त्यस्तै राजपाले सभामुख सहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved