19 Aug, 2018 | ३ भदौ २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

विन्दवासिनी गाउँपालिकाको गाउँपरिषद सम्पन्न, नीति कार्यक्रम र बजेट सार्वजनिक

Posted on:February 13, 2018

citizen bank

पर्सा जिल्ला विन्दवासिनी गाउँपालिकाको चालु आर्थिक बर्षको लागि २१ करोड ५८ लाख ३९ हजार बजेट सार्वजनिक गरिएको छ । विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वाभामा आयोजित गाउँपालिकाको प्रथम गाउँ परिषद् कार्यक्रमलाई सम्बोधन गर्दै उक्त गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले उक्त गाउँपालिकाको विकासको लागि विभिन्न शिर्षकमा छुट्याइएको बजेटलाई सार्वजनिक गरेकी थिइन् । 

उनले नेपालको संविधान २०७२ को अनुसूचि ८ मा दिएको स्थानीय तहको सकल अधिकार सूचि तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रदान गरेको अधिकार समेत प्रयोग गरि यस सभामा आर्थिक बर्ष २०७४-७५ को लागि बजेट सार्वजनिक गरिएको भन्दै चालु तर्फ ३ करोड ३० लाख, कृषितर्फ ४६ लाख, सामाजिक विकासतर्फ ७७ लाख, स्वास्थ्यतर्फ ४४ लाख, सँस्कृति विकासतर्फ ५ लाख, खेलकुद विकासतर्फ १५ लाख, खानेपानी तथा सरसफाईतर्फ ४७ लाख, लैंगिक समानता, सामाजिक सवलीकरणतर्फ २० लाख, दलित, एकल, महिला तथा अपांगतर्फ १५ लाख, पोलबत्तीतर्फ १० लाख, सञ्चार विकासतर्फ १५ लाख, विपद व्यवस्थापनतर्फ ३० लाख, मानव संसाधन विकासतर्फ २५ लाख, वित्तिय व्यवस्थापन तथा सुशासनतर्फ ११ लाख, कार्यालय पुँजीगततर्फ ७५ लाख तथा भौतिक पूर्वाधार तथा विकास निर्माणमा वडा नं. १ देखि ५ सम्म ९ करोड ५० लाख बजेट रकम सार्वजनिक गरिएको बताइन् । 

विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको सभापतित्वमा आयोजित गाउँ परिषद् कार्यक्रममा प्रमुख अतिथि सहिद परिवारकी आमा राजकुमारी देवीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन् भने सो कार्यक्रममा विशिष्ठ अतिथि जेष्ठ नागरिक मानसा महतो चाई, महातम प्रसाद साह लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

कार्यक्रममा वडा अध्यक्षहरु क्रमशः सगीर मिया, संजय चौहान, सलमा खातुन, अनोज चौरसिया, सुकदेव राउत अहिर, जिल्ला शिक्षा कार्यालय पर्साका प्रमोद तिवारी, सशस्त्र प्रहरी राजेश्वर साह तेली, बहुअर्वाभाठा माविका प्रधानाध्यापक सरोज चौहान, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, आकाश एफएमका एमडि आशिल अंसारी, मुकलेस गदी लगायत राजनीतिक दलका प्रतिनिधि एवं स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

Share your thoughts!

Loading...

Trending