प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले अस्विकार गर्ने मिल्दैन: मन्त्री बस्नेत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 04:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् । 

मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे । 

उनले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने,‘राजिनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजिनामा दिएपछिमात्रै कामचलाउ हुन्छ।’ 

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले थपे,‘यदि प्रधानमन्त्रीले संविधानसम्म्त रुपमा गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ।

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे । उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन् नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं।’

‘क्याविनेटले संविधानसम्म्त गरेका निर्णयहरु मान्दैनौं भन्ने कुरा पनि शोभनीय हुन्छ र ?’ उनले थपे,‘यस्तै गर्ने हो भने संविधानको विपरित हुन्छ, हामीले त संविधानले निर्दिष्ट गरे अनुसार नै आफ्नो कामहरु गरिरहेका छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उनले विश्वास दिलाए । बस्नेतले भने,‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं, प्रधानमन्त्रीको राजिनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन्।’ यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए । 

मन्त्री बस्नेतले थपे,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो, हामीले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पारेका छौं, अब मुलुक समृद्धितर्फ अघि बढेको छ।’ कांग्रेसले मुलुकलाई सही दिशातर्फ डोर्याउन जहिल्यैपनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो । 

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने पनि स्पष्ट पारे । यद्धपी उनले सरकारले देश र जनताको पक्षमा गर्ने सबै खाले निर्णयहरुलाई कार्यान्वयन गराउन रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले जहिल्यैपनि तयारी अवस्थामा रहेको सुनाए । मुलुकमा ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो । 

फरक प्रसँगमा मन्त्री बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने विश्वास दिलाए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved