प्रदेश २ को मुख्यमन्त्रीमा लाल बाबु राउत नियुक्त, सपथ भोलि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 10:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन्। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई आज (बुधबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त गर्दै कायशथले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएका छन। राउतले भोलि (बिहिबार) मुख्यमन्त्रीको शपथ लिनेछन। संघियसमाजबादी फोरमका उपाध्यक्ष समेत रहेका राउतले राजपाको समर्थनमा मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए।

एक मात्र मधेसी बाहुल प्रदेश नम्बर दुईमा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये मधेसी गठबन्धन (संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टी १५) ले ३५ सिटमा विजयी हासिल गरेका छन् ।  

प्रदेशसभा सांसद राउत विरगञ्जका स्थायी बासिन्दा हुन। गएको प्रदेशसभा चुनावमा उनले संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ को ख बाट आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार सर्राफलाई झण्डै ३ हजार मतले पराजित गर्दै विजयी भएका हुन।

राउत समाजवादी फोरमका पूर्व समानुपतिक सांसद र पार्टीका उपाध्यक्ष समेत हुन। उनको जन्म पर्सा जिल्लाको साविक जगरनाथपुर ३ मा वि.स. २०२३ साल असार १५ गते भएको थियो। 

तस्वीर: ईश्वरचन्द्र झा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved